पारिजात वचत तथा ऋण सहकारी संस्था लि. २०६५ साल श्रावण १६ गते तत्कालिन डिभिजन सहकारी कार्यालय भक्तपुरमा दर्ता भएको हो । यसको कार्यालय भक्तपुर जिल्ला सूर्यविनायक नगर पालिका वडा नं. ५ कटुन्जेमा रहेको छ । यो संस्था सहकारिताको विश्वब्यापी सिद्धान्त, मुल्य मान्यता तथा नेपाल सरकारको सहकारी ऐन, नियमावली र नीति निर्देशिकाको अधिनमा रहि संस्थाको कार्यक्षेत्रमा छरिएर रहेको पूजि एकिकृत गर्दै शेयर सदस्यहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुर्याउने हेतुले स्थापित भई संचालित संस्था हो । समुदायमा आधारित सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्त र स्वशासित सङ्गठनको रुपमा यसले हाल १९६४ शेयर सदस्यहरू र ३६२ वाल वचत कर्ताहरुलाई सेवा पुर्याइरहेको छ ।। संस्थाले आफ्नै नाममा दर्ता कायम रहेको 0-९-१-0 क्षेत्रफल जमीन खरिद गरी साढे चार तल्ले सुविधा सम्पन्न कार्यालय भवन समेत निर्माण गरी सदस्यहरुलाई सेवा दिदै अघि बढि रहेको यो संस्था भक्तपुर जिल्ला भर कार्यक्षेत्र रहेको एक सफल संस्थाको रुपमा रहेको छ ।
पारिजात वचत तथा ऋण सहकारी संस्था लि.को आधिकारिक वेबसाइटमा समस्त शेयर सदस्य तथा यस साइटको अबलोकनकर्ता हरुलाई न्यानो स्वागत गर्न चाहन्छु । यो संस्था सहकारिताको विश्वब्यापी सिद्धान्त, मूल्य मान्यता तथा नेपाल सरकारको सहकारी ऐन, नियमावली र नीति निर्देशिकाको अधिनमा रही “नियमित कारोबार,आपसी विस्वास, गुणात्मक सेवाबाट आर्थिक सामाजिक विकास" भन्ने मूल मन्त्रका साथ भक्तपुर जिल्लाभर सेवाका लागि कार्यरत छ ।
यो सस्था "समृद्ध र स्वस्थ शेयर सदस्यहरुको सक्रिय सहभागितामा सञ्चालित सहकारी मूल्य,मान्यता र सिद्धान्तमा आधारित सक्षम, सुशासित र क्रियाशिल वित्तिय संस्था" को परिकल्पनाका साथ दीर्घकालिन रणनीति तर्जुमा गरी सोहि अनुसार अगाडि बढेको छ । सस्थाका संचालन समिति, लेखा तथा सुपरीबेक्षण समिति लगायत उपसमितिका सम्पूर्ण सदस्यहरुको सक्रियता तथा प्रतिबद्ध कर्मचारीहरुको लगनशीलताको कारण सस्थाले हाल वचत तथा ऋण सहकारी संस्थाका आर्थिक तथा सस्थागत लक्ष्यहरू (PERLS and HIMAL) का धेरैजसो न्युनतम मापदन्डहरु पूरा गर्दै वर्तमान समयमा २२०० सदस्यहरु र ३६४ बालबचत कर्तालाई सेवा प्रदान गरिरहेको छ ।
भक्तपुर जिल्लामा एकल उद्देश्यीय (वचत तथा ऋण) सहकारी संस्थाका रुपमा ११ वर्ष अघि स्थापित पारिजात बचत तथा ऋण सहकारी संस्था लिमिटेड जिल्लामा एक चुस्त व्यवस्थापकीय क्षमता भएको सहकारी संस्था हो । यस सहकारी संस्थाको संस्थागत विकास तथा शेयर सदस्यहरुको बचतको सुरक्षालाई सुनिस्चित गर्दै गुणस्तरीय सेवा प्रदान गर्नु यस संस्थाको व्यवस्थापन टीमको मूल उद्देश्य हो ।
हाल यस संस्थाको व्यवस्थापन टीममा मेरो नेतृत्वमा सात जना कर्मचारीले सञ्चालक तथा अन्य समिति, उपसमितिका सदस्यहरुको सुपरीवेक्षण तथा संस्थाको नीति एवं कार्यविधिको अधिनमा रही २२०० सदस्यहरुलाई सेवा प्रदान गर्ने दायीत्व निर्वाह गरिरहेका छौं । हाम्रो व्यवस्थापन टीमको कार्यकुशलता, प्रतिवद्धता र लगनशीलताको म सदैव गौरव गर्न चाहन्छु ।
Report of Parijat Saccos annual general meeting 2080
Published On :December 18, 2023[pdf-embedder url="https://parijatsaccos.com.np/wp-content/uploads/2023/01/Pratibeden-for-AGM-2079.pdf" title="Pratibeden for AGM 2079"]
Published On :December 31, 2022२०७९ साल पौष २३ गते हुने साधारण सभामा सवै सदस्यहरुलाई हार्दिक निमन्त्रणा ।
An annual general meeting (AGM) is a mandatory yearly gathering of a company's interested shareholders. At an AGM, the directors of the company present an...
©2024 Parijaat Saving & Credit Cooperative Ltd. All Rights Reserved. Powered by : Nepal Infosys