About Us

About Us

पारिजात वचत तथा ऋण सहकारी संस्था लि. २०६५ साल श्रावण १६ गते तत्कालिन डिभिजन सहकारी कार्यालय भक्तपुरमा दर्ता भएको हो । यसको कार्यालय भक्तपुर जिल्ला सूर्यविनायक नगर पालिका वडा नं. ५ कटुन्जेमा रहेको छ । यो संस्था सहकारिताको विश्वब्यापी सिद्धान्त, मुल्य मान्यता तथा नेपाल सरकारको सहकारी ऐन, नियमावली र नीति निर्देशिकाको अधिनमा रहि संस्थाको कार्यक्षेत्रमा छरिएर रहेको पूजि एकिकृत गर्दै शेयर सदस्यहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुर्याउने हेतुले स्थापित भई संचालित संस्था हो । समुदायमा आधारित सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्त र स्वशासित सङ्गठनको रुपमा यसले हाल २७२० शेयर सदस्य र ४६८ बालबचत कर्ताहरूलाई सेवा पुर्याइरहेको छ ।। संस्थाले आफ्नै नाममा दर्ता कायम रहेको 0-९-१-0 क्षेत्रफल जमीन खरिद गरी साढे चार तल्ले सुविधा सम्पन्न कार्यालय भवन समेत निर्माण गरी सदस्यहरुलाई सेवा दिदै अघि बढि रहेको यो संस्था भक्तपुर जिल्ला भर कार्यक्षेत्र रहेको एक सफल संस्थाको रुपमा रहेको छ ।

संस्थाको मुलमन्त्र (Slogan)
नियमित कारोवार उत्तरदायी ब्यवाहार,सुसुचित शेयर सदस्य पारिजातका आधार

परिकल्पना (Vision)
आर्थिक र सामाजीक रुपले समृद्ध, वित्तीय रुपमा साक्षार एंव उद्यमशील शेयर सदस्यहरुको सक्रिय सहभागीतामा संचालित सहकारी मुल्य, मान्यता र सिद्धान्तमा आधारित सक्षम, सुशासित र क्रियाशील वित्तिय संस्था

ध्येय (Mission)
सहकारीको अन्तराष्ट्रिय मुल्य, मान्यता, सिद्धान्त र मुलुकको कानुनका आधारमा मिश्रित वर्गलाई लक्षित गरि छरिएर रहेका पु¤जीलाई एकत्रित गर्दै वित्तीय साक्षारताको प्रवर्द्धन सहित आर्थीक र उत्पादन क्षेत्रमा लगानी बृद्धि गर्दै एक सक्षम वित्तिय संस्थाका रुपमा स्थापित हुने ।

लक्ष्य (Goal).
संस्थाको आफ्नै स्वामित्वको नवनिर्मित भवनलाई फरक क्षमता भएका ब्यक्ति मैत्री बनाउन आवश्यक थप संरचना निर्माण गर्ने ।
. सम्बन्धित निकायबाट जारी तथा बिभीन्न अन्तरराष्ट्रिय संघबाट विकसित मापदण्डलाई प्रयोग गरि संस्थामा शुसासन र वित्तीय स्वास्थ्य कायम गर्ने ।
. सहकारी ऐन नियमको परिधिमा रही ब्यवस्थित रुपले कार्यसम्पादन गर्नका लागि सेवा प्रणालीलाई चुस्त दुरुस्त र सक्षम बनाउने
. शेयर सदस्यहरुमा वित्तीय साक्षारता का सांथै उद्यमशीलता बृद्धि गर्दै दिगो र उत्पादनशील क्षेत्रमा लगानी बृद्धि गर्ने
. आफ्नै जमीन र भवन सहितको सेवा केन्द्रको स्थापना गरी सदस्यहरुलाई सेवा विस्तार गर्ने

संस्थाले गर्ने मुख्य कार्यहरु (Activities).

. नियमित बचत गर्ने बानीको विकासका लागि विभिन्न खालका परिचयात्मक कार्यक्रम संचालन गरी जनचेतना जगाउने ।
. प्रतिस्पर्धात्मक ब्याज तथा अन्य आकर्षण दिंदै नियमित बचत रकममा बृद्धि गर्न सदस्यलाई आब्हान गर्ने ।

. विभिन्न सहकारी, सरकारी तथा गैर सरकारी संघ संस्थासंग समन्वय गर्ने तथा दीर्घकालीन सम्बन्धको आधार तयार गर्ने ।
. समयमा बचत तथा ऋण बुझाउने सदस्यहरुलाई पुरस्कृत गर्ने हालको नीतिलाई निरन्तरता दिने ।

.आफ्नै भवन तथा तालिम हल,स्रोत ब्यक्ति आादिको उपलब्धतालाई सदुपयोग गर्दै शेयरहोल्डर सदस्यको क्षमता विकास गरी सहकारी शिक्षा शिविर तथा तालिमहरु जस्ता कार्यक्रम संचालन गर्न सक्ने क्षमताको विकास गर्ने ।
.हालको झै हरेक कारोवार,निर्णय प्रक्रिया ,लेखा प्रणाली र कार्यक्रमहरु पारदर्शी गर्ने कार्यलाई निरन्तरता दिने ।
. शेयर सदस्य महिलाहरुको लागी खेलो पु¤जी परिचालन गरी लघुउद्यम संचालन तथा त्यसको बजार विस्तार कार्यलाई सुपथ ब्याजदरमा ऋण प्रदान गर्ने नीती अबलम्बन गर्ने ।

. संस्था र शेयर सदस्यको संयुक्त लगानीमा उद्यम तथा ब्यवसाय संचालन गर्ने ।
.आवश्यकता अनुसार सहकारी बैक,ग्रामीण लघुवित्त विकास केन्द्र तथा स्वावलम्वन विकास कोष आदिबाट ऋण लिई शेयर सदस्यहरुमा लगानी गर्ने ।
. कर्मचारीलाई तालिम तथा क्षमता विकास गर्न संस्था आफै वा अन्य संस्थाले संचालन गर्ने कम्पियुटर बेस लेखा ,Costumer care and Relationship management skills,communication skills आदि तालिम प्रदान गर्ने ।

. सुचना,जानकारीको नियमित प्रवाह गर्न वेव साइट तथा निमित न्युजलेटर आदिको प्रकाशन तथा वितरण गर्ने ।

संस्थाको वर्तमान अवस्थाः

  • सदस्य संख्याः २७०९
  • महिला – १५२१
  • पुरुष – ११८०
  • अन्य – ८

वित्तिय अवस्थाः

    • शेयर पूँजी रकम – ११,४१,५५,०००।-
    • कुल निक्षेप रकम – ७०,९८,६७२६८.०७
    • कुल ऋण लगानी – ८१,५८,५१,१४५.१०
    • कोष हिसाब – ११,७६,५१,९४०.७१
    • कुल सम्पत्ति – ९८,४९,१९,५०४.९४

    बचतको ब्याजदर

    सि..बचतको प्रकारहाल कायम ब्याजदर
    नियमित बचत१० %
    साधारण बचत४ %
    बिशेष बचत५ %
    स्वर्णिम बचत११ %
    गृहिणी बचत१० %
    खुत्रुके बचत११ %
    दैनिक बचत४ %
    आवधिक बचत ६ महिने७ . ५ %
    आवधिक बचत १ वर्षे८ . ५ %
    १० आवधिक बचत २ वर्षे९ %

    ऋणको ब्याजदर

    क्र.सऋणका प्रकारहाल कायम ब्याजदर
    ब्यापारिक ऋण१५ %
    आयमुलक ऋण१५ %
    घर जग्गा ऋण१५ %
    ब्यक्तिगत ऋण१५ %
    कृषी ऋण१३- १४ %
    शैक्षिक ऋण१४ %
    हायर पर्चेज ऋण१४ %
    आवधिक ऋणपाउने ब्याजमा २ % थप