Commitment from Manager

Commitment from Manager

वि.सं.२०६६ साल देखि भक्तपुर जिल्लामा अविछिन्न रूपमा बचत तथा ऋण परिचालन लगायत अन्य सामाजिक सेवामार्फत सदस्यहरूको आर्थिक तथा सामाजिक समृद्धिमा प्रयासरत पारिजात बचत तथा ऋण सहकारी संस्था १५ वर्षे अवधीका विभिन्न आरोह अवरोहहररू पार गर्दै जिल्ला तथा प्रदेशमा समेत एक सवल संस्थाको रूपमा पहिचान कायम गर्न सफल भएको छ । सहकारी क्षेत्रमा असाधारण चुनौतिहरू चुलिएको वर्तमान परिवेशमा पनि सदस्यहरूले सुनिश्चित भएर बचत तथा ऋण कारोबार गर्न सक्ने सवल, सुरक्षित र भरपर्दो वित्तीय संस्थाको रूपमा स्थापित यस संस्थाले वदलिंदो परिवेश अनुसार संस्थाका सेवालाई प्रविधी मैत्री बनाउदै लैजाने क्रममा तयार गरिएको यस वेवसाईटमा यहांहरुलाई हार्दिक स्वागत गर्दछौं ।

यस सहकारी संस्थाको संस्थागत विकास तथा शेयर सदस्यहरूको बचतको सुरक्षालाई सुनिस्चित गर्दै गुणस्तरीय सेवा प्रदान गर्नु यस संस्थाको व्यवस्थापन टीमको मूल उद्देश्य हो । व्यवस्थापन टीमको तर्फबाट यस संस्थाको सेवा सुविधालाई अझै परिस्कृत र प्रविधिमैत्री, सरल, सहज, उपलब्धीपूर्ण बनाउनेतर्फ आगामी दिनहरूमा हाम्रो अथक प्रयास रहने प्रतिवद्धता व्यक्त गर्दछु । गुणस्तरीय सेवा र सदस्यहरूको सन्तुष्टिलाई सदैव प्राथमिकतामा राख्दै सोही अनुरुप व्यवस्थापन प्रणालीलाई विकास गरी कार्यान्वयन गरिरहेको वर्तमान अवस्थामा यस प्रयासमा अझ वढि प्रभावकारिता ल्याउनका लागि सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरूमा रचनात्मक सल्लाह सुझाव प्रदान गरी मार्गनिर्देशन गरिदिनुहुन अनुरोध छ ।  संस्था संचालन प्रक्रियालाई जिवन्त रूप दिन संस्थामा कार्य गर्ने सिंगो व्यवस्थापनलाई चुस्त, दुरुस्त, पारदर्शी, लगनशील बनाउदै उत्पादकत्व बढाउने क्षमता बृद्धिका लागि सदैव प्रयत्नशील रहदै आजको यो प्रतिस्पर्धात्मक र उत्कृष्टताको युगमा संस्थाको फराकिलो सोचलाई पूरा गर्नको लागि हामी सम्पूर्ण कर्मचारीहरू संस्थामा आवद्ध शेयर सदस्यहरूको आवश्यकता र सन्तुष्टिमा केन्द्रीत भई गुणस्तरीय सेवा सुविधा सहज रूपमा उपलब्ध गराउन प्रतिवद्ध छौं ।

अन्तमा संस्थाको आर्थिक तथा अन्य गतिविधिहरूको सूचना एवं जानकारीहरू सदस्यसमक्ष प्रविधिको प्रयोग मार्फत समयसापेक्ष सरल र सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ विकास गरिएको यस वेवसाईटमा यहांहरूबाट रचनात्मक सल्लाह तथा सुझावहरू प्राप्त हुने अपेक्षा गर्दै संस्थागत विकासमा ऐक्यवद्धता प्रकट गरिदिनुहुन सम्पूर्ण सदस्य तथा शुभचिन्तक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौं । जय सहकारी । जय पारिजात ।।


श्रीमती पारु खनाल सापकोटा
व्यवस्थापक