दोहोरो सदस्यता अन्त्य गर्ने सम्बन्धी सुचना

दोहोरो सदस्यता अन्त्य गर्ने सम्बन्धी सुचना

सहकारी ऐन २०७४ को संसोधित दफा ३२ को उपदफा १ मा “एक व्यक्ति एकै प्रकृतिका एक भन्दा बढि सहकारी संस्थामा सदस्य हुन नसक्ने र एक भन्दा बढि संस्थामा सदस्यता भएका व्यक्तिले मिति २०८२/१२/१८ गते भित्र कुनै एक संस्था रोजी त्यस संस्थामा मात्र सदस्यता कायम राखु पर्ने ” व्यवस्था भएकोमा यस संस्थाको संचालक समितिको मिति २०८२/०४/२५ मा बसेको बैठकबाट संस्थामा रहेका सदस्यहरूलाई दोहोरो सदस्यता रहेको भएमा कुनै एउटा संस्थामा मात्र सदस्यता कायम राखी दोहोरो सदस्यता अन्त्य गरेको स्वःघोषणा फाराम भराउने निर्णय गरिएकोले जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यस अनुसार दोहोरो सदस्यता भएका सदस्यज्यूहरूले एउटा मात्र संस्थामा सदस्यता कायम राखी ऐनले दिएको सुबिधा उपभोग गर्न यस संस्थाको कार्यालयमा उपस्थित भई स्वःघोषणा फाराम भर्नहुन हार्दिक अनुरोध गरिन्छ । अन्यथा सहकारी ऐन नियम बमोजिम हुने ब्यहोरा समेत जानकारी गराईन्छ ।

पारु खनाल सापकोटा
प्रबन्धक